Skip to content
Shikhar Insurance
National Life

बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न सूर्योदय वोमीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले साउन ३२ गते महालक्ष्मी नगरपालिका, लुभु, ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम थप सार्वजनिक सेयर निष्काशन (एफपीओ) मार्फत थप भएको सेयर सहित कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतले हुने रकम बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुले लाभांश कर वापत नियमानुसारको रकम भुक्तानी गर्ने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

साथै, थप सार्वजनिक सेयर निष्काशन (एफपीओ) भएको सेयरलाई चुक्ता पूँजीमा वृद्धि गर्ने एवं बोनस सेयरलाई अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

सभा प्रयोजनको लागि साउन २४ गते एक दिनका लागि वित्तीय संस्थाको सेयरधनी दर्ता किताब शेयर दाखिला खारेज दर्ता बन्द रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्