Skip to content
Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको ५ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली ११ काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्