Skip to content
Shikhar Insurance
National Life

सूचना प्रविधि सरकारको प्राथमिकता छः अर्थमन्त्री महत

Hyundai
NCELL
NIMB

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्राथमिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उनले सरकारले सूचना प्रविधिको प्रवर्द्धन र संरक्षण गर्ने नीति अघि सारेको बताए।

उनले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन नसकेको समेत बताए। अर्थमन्त्री डा. महतले अहिले ठूलो मात्रामा सफ्टवेयर निर्यात पनि भइरहेको बताए। नेपाललाई डिजिटल उत्पादनको हव र सफ्टवेयर निर्यातको हव बनाउने उनको भनाइ राखे।

कार्यक्रममा सांसद प्रदीप पौडेलले प्रविधिका माध्यमबाट मुलुकको विकास गर्नुपर्ने बताए। अन्तर्राष्ट्रियस्तरमा प्रविधिको विकास द्रूतरूपमा विकास भइरहँदा आत्मसात गर्ने कुरामा नेपाल पछाडि पर्न नहुने उनको भनाइ छ ।

सांसद सूर्य ढकालले संसद्मा सूचना प्रविधिमैत्री नीति–नियम बनाउन पहल गर्ने बताए। उनले समाज, राजनीति र अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। सांसद शिशिर खनालले संसद्मा समयाभावका कारणले आफूले चाहेर पनि सूचना प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकिएको बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालका सूचना प्रविधिका क्षेत्रमा विभिन्न चरण समूहगत छलफल भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्