Skip to content
Shikhar Insurance
National Life

सुरक्षित कारोबार ऐन संशोधन हुँदा अचल सम्पत्ति नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच : अर्थमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सौद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताउँदै निष्क्रिय रुपमा रहेको चलसम्पती समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए ।

उनले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गरे । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताउँदै उनले भने, ‘यो ऐनबाट हुने लाभ भनेको अचल सम्पति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा सम्मान ढङ्गले पहुँच बिस्तार गर्नसक्छ । मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिन्छ । यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्नसक्छौँ । चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास गर्दै आएका छौँ ।’

उनले चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास भएपनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानून रुपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने विश्वास रहेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्