Skip to content
Shikhar Insurance
National Life

सुपरमाई हाइड्रोपावरको ५ लाख कित्ता आईपीओ बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । सुपरमाई हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आज (माघ २३ गते)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशीक रोजगारीमा हुने नेपालीका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । साे मध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितो पत्र बोर्डबाट आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्