Skip to content
Shikhar Insurance
National Life

सुन प्रतितोला ४ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच?

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्