Skip to content
Shikhar Insurance
National Life

सुन्दर अटो इन्जिनियरिङद्वारा २ लाख ५० हजार मूल्य पर्ने इलेक्ट्रिक बाइक सार्वजनिक

Hyundai
NCELL
NIMB

काठमाडौं। सुन्दर अटो इन्जिनियरिङले इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ। इन्जिनियरिङका प्राविधिक द्वारा आफ्नै डिजाइनमा गन्तव्य ईभी १०० एस मोडल नाम दिइएको इलेक्ट्रिक बाइक लन्च गरिएको हो।

बिहीबार आयोजित एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा बाइक लन्च गरियो। यसअघि सुन्दर अटो इन्जिनियरिङले नेपाल मै पहिलो पटक उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो।

आफ्नै प्राविधिकको डिजाइन र च्यासिस निर्माण गरिएको गन्तव्य बाइकको बजार मूल्य अहिले २ लाख ५० हजार रहने सुन्दर ग्रुपका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए। यो बाइक फुल चार्ज गर्दा १२० किमी गुड्न सक्ने बताइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्