काठमाडौं । सुनमा विलासी कर थप गरेको नभई दायारा विस्तार गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । प्रतिनिधि सभामा सासंदहरुले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्र पौडेलले सुनमा लगाइएको विलासी करको विषयमा ध्यानाकर्षण भएको बताएका हुन् ।
मन्त्री पौडेलले भने, “सुनमा विलासी करको विषय सासंद ज्यू र व्यवसायीहरुको कुरा सुनेका छौं, विलाशी कर इनडाइरेक्ट (अप्रत्यक्ष) कर हो सुनमा कर ग्राहकलाई लगाइएको हो, व्यवसायलाई होइन, कर थप गरिएको होइन दायारा विस्तार भएको हो । सुनको कारोबारमा पारदर्शिता ल्याउनका लागि दायारा विस्तार गरिएको हो । यसबाट अवैध कारोबार रोक्ने विस्वास गरिएको छ ।”
मन्त्री पौडेलले कर थपिएको नभई दायारा विस्तार गरिएको बताए । उनका अनुसार १० लाख सम्मको कारोबारमा लागेको विलासी करलाई कम शुल्कमा पनि समावेश गरिएको हो ।
यद्यपी व्यवसायीका गुनासाहरु सुनिरहेको मन्त्री पौडेलले बताए । कानुन कार्यान्वयका क्रममा कुनै समस्या देखिए सहजता गरिनेछ । सुन व्यवसायीहरुले मागको विषयमा सोमबार ससंदको अर्थ समितिले अर्थ मन्त्रालयलाई समेत
बोलाएर छलफल गरेको थियो । सो छलफलमा राजस्व सचिव दिनेश घिमिरेले सुन करछलि हुण्डी र पुँजी पलायनमा सरकारले कडा अनुसन्धान गर्ने बताएका थिए ।
व्यवसायीहरुले भने विलासी करले सुनको मूल्य बढ्न गई व्यवसाय गर्न कठिन हुने तर्क गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्