Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । दसैं लगतै कारोबार खुलेको दुई दिन नै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज ( कात्तिक १२ गते) आइतबार भने स्थिर रहेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । दसैं लगतै दिन प्रतिदिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन भने स्थिर रहेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दसैं अघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ कायम भई नयाँ रेकर्ड बनाएको थियो । त्यसयता दसैंपछि कारोबार खुलेको पहिलो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको थियो। उक्त रेकर्डलाई ब्रेक गर्दै शनिबार हालसम्मकै उच्च मूल्य कायम भएको थियो।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीकाे मूल्य पनि स्थिर रहि प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्