Skip to content
Shikhar Insurance
National Life

सुनको भन्सार घट्न सक्ने भन्दै बैंकहरु स्टक क्लियरेन्समा लागे, तिहारका लागी २ किलो मात्रै ल्याए

Hyundai
NCELL
NIMB

काठमाडौं । सुनको भन्सार महसुल घट्न सक्ने भन्दै वाणिज्य बैंकहरुले आफूसँग भएको सुनको स्टक क्लिएरेन्समा लागेका छन् । तिहारका लागि राष्ट्र बैंकको आग्रहमा प्रत्येक बैंकले २ किलो मात्रै खरिद गरेका हुन् ।

एक बैंकका कार्यकारी अधिकृत (सीईओ) ले सिंहदरबारसँग भने, ‘नेपालमा भन्दा भारतमा सुन सस्तो हुदाँ वाणिज्य बैंकहरुको सुन बिक्रीमा गिरावट आएको छ, कुन बेला अर्थ मन्त्रालयले महसुल घटाउँछ थाहा छैन, घाटाको व्यापार किन गर्नू ।’

ती सिइओका अनुसार तिहारका लागि वाणिज्य बैंकहरुले प्रत्येक बैंकले भोलेन्टियरको रुपमा २ किलो मात्रै सुन मगाएका हुन् ।

चालु आवको ३ महिनाको १ लाख १ सय ५५ ग्राम सुन नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको सुन आयात भएको हो ।

सो सुन आयात नेपाल सरकारले सुन आयातमार्फत २० करोड ८६ लाख ५८ हजासर रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ । गत आव २०८०।८१ को सोही अवधिमा सुन ९ लाख ५ सय ग्राम नेपाल भित्रिउको थियो ।

कुन देशबाट कति सुन आयात ?

चालु आव २०८०।८१ को तीन महिनामा ५ देशहरुबाट सुन आयात भएको छ । सबैचन्दा धेरै टर्कीबाट सुन आयात भएको छ । टर्कीबाट मात्रै तीन महिनामा १ लाख ग्राम सुन नेपाल भित्रिएको छ । त्यस्तै, हङकङबाट७५ ग्राम, माल्टाबाट ५० ग्राम, चीनबाट २० ग्राम र मलेसियाबाट १० ग्राम सुन नेपाल आयात भएको तथ्यांकले देखाएको छ ।

भारतबाट नेपालमा एक किलो सुन तस्करी गर्दा १३ लाख ७० हजार १ सय रुपैयाँ मार्जिन बस्ने भएको छ । भारतमा भन्दा नेपालमा भन्सार महसुल बढी भएपछि भारतबाट नेपाल सुन तस्कर हुने क्रम बढेको हो ।

भारतमा असोज २३ गतेको मूल्य अनुसार प्रतिग्राम सुनको १२ हजार २७० रुपैयाँ परेको थियो । यस्तै, नेपालमा एक ग्राम सुन खरिद गर्नका लागि (असोज २३ गते) को मूल्य अनुसार १३ हजार ६४० रुपैया तिर्नुपर्ने भएको थियो । यसरी नेपाल र भारतमा प्रतिग्राम नै १३ सय ७० रुपैयाँ फरक छ ।

यस हिसाब अनुसार यदि एक किलो सुन भारतबाट नेपाल भन्सार छलि गरेर ल्याउँदा १३ लाख ७० हजार १ सय मार्जिन बस्ने गर्छ । यसअघि नेपालको भन्दा भारतमा भन्सार महसुल बढी हुदाँ नेपालबाट भारत सुन तस्करी हुने गर्दथ्यो भने अहिले भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको छ ।

सरकारले सुनमा कर बढाएसँगै सुन आयातमा ८० प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०र०८१ मा नेपाली बैंक तथा वित्तिय संस्थाले ५ लाख ग्राम अर्थात ५ सय किलो सुन आयात गरेको तथ्यांक छ । तर चालु वर्षको २ महिनामा भने १ सय किलो मात्रै सुन आयात भएको देखिन्छ ।

पुर्वअर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार महसुल बढाएर २० पुर्याएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्