Skip to content
Shikhar Insurance
National Life

सुनकाे मूल्य १ सयले घट्याे, कतिमा हुँदैछ काराेबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सोमबार सुनकाे मूल्य १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्