Skip to content
Shikhar Insurance
National Life

सुत्ने कोठा नभएपछि के गर्ने ? जवाफ : छोरी अन्माउने

Hyundai
NCELL
NIMB

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका हाटी ७ की सीतादेवी सदालाई १६ वर्षिया छोरीको विवाह गर्न हतार भएको छ । सन्तानको नाममा तीन छोरी रहेको सदाले छोरीको विवाह गर्न हतार गर्न खोज्नुको कारण घरमा रहेको एउटामात्र कोठा रहेको छ । छोरीलाई पढाउने धोको पूरा गर्न घरको समस्याले सीतालाई दिएन । ‘मेरो छोरी यसैपाली एसईई पास गरेकोले उच्च शिक्षा दिने धोको थियो । घरकै समस्याको कारणले त्यसो हुन सकेन’, उनले भनिन् ।

ऐलानी जग्गामा भएको सानो घरमा तीनवटा कोठा छ । सीता आफैँका चार जेठानी देउरानी छन् । उनको सासुससुराको बस्ने घरमा दुई कोठा छ । एउटा कोठामा सासुससुरा र अर्को कोठामा साहिँलो देवर र उनका परिवार बस्दै आएका छन् । सीता बसेको तीनकोठे घरमा माहिलो र कान्छो देवरको परिवार पनि बस्दै आएका छन् ।

एउटै घरमा धेरैजना बस्नुपर्ने बाध्यताले गर्दा सीतालाई हुर्किन थालेका छोरीको विवाह गर्ने हतार भएको छ । ‘१२, १४ र १६ वर्षीया तीन छोरी छन् । सबै तन्नेरी हुनलागेका छन्। एउटै कोठामा तीन छोरी र हामी श्रीमान् श्रीमतीसहित पाँचजनाको गुजारा गर्न समस्या छ’, सीता भन्छिन् ।

किशोरावस्थामा पुगेका छोरीहरूसहित सबैजना एउटै कोठामा कसरी सुत्छन् भन्दै छिमेकीले कुरा काट्न थालेपछि सीता छोरीहरूको विवाहका लागि केटा खोज्न बाध्य भएकी उनका छिमेकी करियादेवी सदाले बताइन्।

सीताकी जेठी छोरी एसईई उत्तीर्ण छिन् भने माइली कक्षा १० र कान्छी कक्षा सातमा अध्ययनरत छन् । तर, दिदीको अध्ययन गर्ने इच्छा अधुरो रहने भयो, सीताकी माहिली छोरी पार्वतीले भनिन्, ‘अब त हामीले पनि पढ्न नपाउने भयौँ ।

कक्षा १० सम्म पढाइ खर्च त्यति नलाग्ने भए पनि घरमा सुत्नका लागि कोठाको व्यवस्था नहुँदा अध्ययन बीचमै छाड्नुपर्ने अवस्थाले सीताका छोरी पिरोल्लिएका छन् । ‘हाम्रो समुदायमा छोराछोरी पढाउन त्यति ध्यान दिँदैनन् । हाम्रो आमाबाबु विपन्न भएपनि छोरीहरूलाई पढाएर योग्य बनाउनुपर्छ  भन्ने भावना छ। कक्षा १० सम्म पढ्न कापी कलमबाहेक त्यति खर्च लागेन । अब बढी खर्च लाग्छ । घरमा अर्को कोठा पनि छैन’, पार्वतीले भनिन् ।

उनीहरूको जग्गा जमिन छैन । बाबुले मजदुरी गरेर पाँचजनाको परिवार पाल्दै आएका छन् । सोही वडाका वडाध्यक्ष प्रमिला यादवका अनुसार यस वडाका मुसहर समुदाय विपन्न भएपनि धेरैको छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।

तर, गरिबीको कारण सक्ने अवस्था छैन । सहयोग गर्न सक्ने हामीले गर्दै आएका छौँ । घरको समस्या यहाँको धेरैलाई भएकोले समस्या समाधान गर्न कठिनाइ भएको उनी बताउँछिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE