Skip to content
Shikhar Insurance
National Life

सुझबुझका साथ सेयरबजारमा लगानी गर्न सुझाव

Hyundai
NCELL
NIMB

काठमाडाैं । भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबारका दिन पोखरामा लगानीर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । शाखा कार्यालयबाट धितोपत्र कारोबारसम्बन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुबाट केही समय अगाडि अनुमति प्राप्त भएकाले सोही अवसरमा विरौटा, पोखरा शाखाको औपचारिक उद्घाटनसमेत गरिएको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रेमप्रकाश आलेमगरले हाल आर्थिक मन्दीको असरले सेयर बजारलाई पनि केही प्रभावित बनाएकाले हालको अवस्थामा सुझबुझका साथ लगानी गर्न, कम्पनीको अवस्था, वित्तीय विवरण, सञ्चालकहरु आदि विषयमा राम्रोसँग जानकारी लिएर सेयर बजारमा लगानी गर्नुपर्ने बताए । सीएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले आफ्नो आम्दानीबाट केही अंश बचत गर्न र बचतको केही अंश लगानी गर्न लगानीकर्तालाई सुझाएका थिए ।

कास्की उद्योग वाणिज्य संघका प्रतिनिधि सुदीप ओझाले प्राइभेट सेक्टरका ठूला कम्पनीलाई निश्चित मापदण्डका आधारमा दोस्रो बजारमा कारोबार हुनको लागि सूचीकृत गराई धितोपत्र कारोबारको दायरालाई फाराकिलो बनाउन पर्ने बताए ।

उक्त कार्यक्रममा भेञ्चर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद पन्त, कास्की उद्योग वाणिज्य संघका प्रतिनिधि सुदीप ओझा, सीएमसी कास्कीका अध्यक्ष अपिल कोइराला, राखी युवा सर्कल, कास्कीका अध्यक्ष विकास रानाभाट, वरिष्ठ लगानिकर्ता राजु पौडेललगायतको उपस्थिति थियो ।

भिजन सेक्युरिटिज् प्रालिले उपत्यका बाहिर ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्