Skip to content
Shikhar Insurance
National Life

सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा साेमबारदेखि उपलब्ध, मूल्य कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । सुजुकीका दुई एसयुभी साउन २२ गते सोमबारदेखि नेपाली बजारमा उपलब्ध हुने भएका छन्। सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राइभका लागि २२ साउनदेखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि सुजुकी ब्रान्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले यी एसयूभी बुकिङ असार २९ देखि नै खुला गरेको थियो ।कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछन् ।

पाँचढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोडब्लूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिङ्क रिजिड एक्स्ले सस्पेन्सनजस्ता अफ-रोड सुविधा समावेश गर्छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्छ ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्छ। प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्