Skip to content
Shikhar Insurance
National Life

सीआईबीको सेट नै परिवर्तन गर्दै गृहमन्त्री लामिछाने, सुन तस्करीमा प्रमुख नै दोषी

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रवी लामिछानेले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को सेट नै परिवर्तन गर्ने भएका छन् । सुन तस्करी अनुसन्धानमा लापरबाही गरेको भन्दै सेट नै परिवर्तन गर्न लागिएको हो ।

६०.७ किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान रोकेर सीआईबीले जिम्मा लिएको थियो ।

सुन अनुसन्धानको जिम्मा पाएको सिआईबीले प्राविधिक अध्ययन भैरहेको भन्दै लामो समय ठूला दोषी बचाउन लागि परेको थियो । स्रोतका अनुसार सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रवेश गरेको भन्दै सबै कर्मचारीलाई थुनेर अनुसन्धान गर्नुपर्छ भनि सिआईबीको एक टिम नै भन्सार कार्यालय खटाएको थियो । भन्सारमा काम गर्ने कर्मचारीको संलग्नता धेरै नभेटिएपछि मुख्य दोषीलाई बचाएर मुद्दा दायार गरेको थियो ।

भन्सार कार्यालयका एक कर्मचारीले भने ‘सिआईबीले मागेको सबै सूचना दिएकै थियौं, हाम्रो सबै सूचना प्रहरीसँग छदै थियो, यति हुदाँ पनि सिआइबीले चर्को मानसिक दबाब दियो ।’ सुन तस्करी जोगाउने सिआबी माथि नै छानविन हुनुपर्ने ती कर्मचारीको भनाई छ ।

सीआइबीले अनुसन्धानमा शक्तिशालीलाई जोगाएर साना व्यक्तिमाथी मात्रै अनुसन्धान गरेको भन्दै सिआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यलाई नै दोषी देखिने गरी प्रतिवेदन सार्वजनिक भएपछि सेट नै परिवर्तन गर्न लागिएको हो ।

सुन छानविन गर्न गठित समितिले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुजाइसकेको छ । प्रतिवेदनमा एमाले नेता तथा पुर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा माओवादीका नेता कृष्ण बहादुर महरा पुर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन, व्यावसायी जीवन चलाउने लागायतमाथी अनुसन्धान नै नगरी उन्मुक्ति दिएको आरोप बज्राचार्य माथी छ।

गृह मन्त्रालय स्रोत अनुसार डीआइजी बज्राचार्य सहित टिमलाई नै सरुवा गर्ने तयारी गरिएको छ । डीआइजी बज्राचार्यले पछिल्लो समय व्यावसायी तथा बैंकरहरुमाथी समेत धरपकड सुरु गरेका थिए । सस्तो लोकप्रियताका लागि उनले चर्चित व्यावसायी अरुण चौधरी बैंकर मनोज न्यौपानेलाई पक्राउ गरेका थिए ।

सीआइबी नै पुगेर बयान दिन र दैनि हाजिर हुन चाहाने व्यक्तिलाई पनि सीआबीले जबरजस्त थुनेर अनुसन्धान गरिरहेको थियो। यस विषयमा जानकारी दिन गहमन्त्री लामिछानेले १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्