Shikhar Insurance
National Life

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १२:४७
Hyundai
NCELL
NIMB

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहोर्‍याए । कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानूनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘कुनै पनि राजनीतिक सङ्क्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।’ ‘सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनस्र्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ’ गुटेर्रेसले भने ।

संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उहाँले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको जानकारी दिए । यो सिरियामा दिगो शान्तिको मार्ग हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्