Skip to content
Shikhar Insurance
National Life

सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने सरोज दिवाली पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौँ । सिमकार्ड डुप्लिकेसन गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले  जानकारी दिए।

उनका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक–पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दिवालीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्