Skip to content
Shikhar Insurance
National Life

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

Hyundai
NCELL
NIMB

काठमाडौं । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ‘वरिष्ठ वचत खाता’ ल्याएको छ । यो खातामा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने बताएको छ ।

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यस बचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसबाहेक विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गरेको छ । साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्