Skip to content
Shikhar Insurance
National Life

सिनर्जी पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डले दियो अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ।

विद्युत नियमन आयोगले आयोगले कम्पनीलाई माघ १२ गते हकप्रद निष्काशन गर्न स्वीकृती दिएको थियो।

कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्