Skip to content
Shikhar Insurance
National Life

सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्सको नयाँ ब्रान्ड गज्जबको मिठो बजारमा

Hyundai
NCELL
NIMB

काठमाडाैं । सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्रा लिले नयाँ ब्रान्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलता पछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।

कम्पनिका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि पनि कम्पनीको दाबी छ ।

स्वादमा राम्रो, पौष्टिक र सबैको पहुँचमा हुने उत्कृष्ट गुणस्तरको चाउचाउ उत्पादन गर्ने उद्देश्यले देशका प्रतिष्ठित उद्योगपतिको गौरवशाली नेतृत्वमा स्थापना भएको सिद्धि विनायक स्न्याक्स एण्ड नूडल्स प्रा लिले आफ्नो फ्ल्यागसिप ब्राण्ड गज्जबको बजारमा ल्याई आफ्नो उद्यम सुरु गरेको छ र भविष्यमा यसको ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गर्ने योजना रहेको छ ।

तसर्थ, उपभोक्ताको आवश्यकता पूरा गर्न र उनीहरूलाई उत्कृष्ट गुणस्तरको चाउचाउ उपलब्ध गराउन कम्पनीको प्लान्टमा असाधारण उच्च सुविधायुक्त मेसिनहरू उपलब्ध गराइएको छ। चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने कम्पनिको उद्देश्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्