Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकको ८० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी लेखा राज्यलक्ष्मी खाँडको नाममा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्यासमेत खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएको खण्डमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थामा सेयर बिक्री गर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्