काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि सहित) वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्