Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले नेपालगन्जस्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा र वन्डरल्याण्ड पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका हुन् ।

साे सम्झौताअनुसार बैंकका ग्राहकहरूले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कमा पार्क टिकट खरिदमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्