Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हस्तान्तरण गर्‍यो साढे १० करोडको बीमा रकम

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट भएको क्षति बापतको बीमा रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले अपर हेवा खोला हाइड्रो पावर लिमिटेडमा भएको क्षति बापतको बीमा रकमको चेक हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्रीले हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई १० करोड ४५ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज, लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिब ६ महिनाको क्षति समेतको जम्मा २१ करोड १९ लाख ६० हजार ५ सय रुपैयाँको दावी फछ्र्यौट गरेको छ ।

सम्पत्ति क्षति वापतको बीमा रकम १० करोड ७४ लाख २९ हजार रुपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरेको छ। चेक हस्तान्तरण पश्चात इन्स्योरेन्सका कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फछ्र्यौट गर्दै आएको बताए भने हाइड्रो पावरका प्रवन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवा प्रति सन्तुष्ट रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्