Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियरद्धारा ट्राफिक प्रहरीलाई सन ग्लास प्रदान

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सन ग्लास सहयोग गरेको छ । कम्पनीले ट्राफिक प्रहरीलाई ५ सय ५० थानसन ग्लास हस्तान्तरण गरेको हो ।

कम्पनीले ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा खटिदा धुलोधुँवा लगायत प्रदुषणले आँखालाई क्षति नगरोस भन्ने हेतुले सनग्लास उपलब्ध गराएको हो । उक्त सनग्लास कम्पनीका नायब महाप्रबन्धक दीपक कुमार धूतद्धारा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेललाई हस्तान्तरण गरिएको गरेका छन् ।

प्रहरी नायब महानिरिक्षक पोखरेलले यस कार्यले ट्राफिक प्रहरीलाई सडकमा निरन्तर सेवा दिन धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका नायब महाप्रबन्धक दीपक कुमार धूतले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षामा अहोरात्र खटने ट्राफिक प्रहरीलाई यस कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे फेरीपनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगलाई निरन्तरता दिने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्