Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियरको ११ प्रतिशत लाभांश सेयरधनीको बैंक खातामा जम्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सेयरघनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गराइएको हो ।

कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको बैंक खातामा चैत्र ७ गतेदेखि नगद लाभांश जम्मा गराइएको कम्पनीले एक सूचना मार्फत जानकारी गराएको छ ।

हालसम्म पनि अभौतिकीकरण नगराएका वा डिम्याट खाता खोलेर पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीको हकमा डिम्याट खाता खोली सेयर अभौतिकीकरण गराइ हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि सोही बैंक खातामा नगद लाभांश जम्मा गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्