काठमाडौं । नेपाल धितोपत्र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेर नेप्से, ब्रोकर र मर्चेन्ट बैंकरका कर्मचारीलाई नरोक्न अनुरोध गरेको छ । बोर्डले पत्र लेखेर सेयर कारोबार पनि अत्यावश्यक सेवामै पर्ने भएकाले ति संस्थाका कर्मचारीलाई तोकिएको समयमा, तोकिएको संख्यामा आवत जावत गर्ने सुबिधा उपलब्ध गराउन भनेको हो । बोर्डले सम्बन्धीत कार्यालयको परिचय पत्रका आधारमा हिडेडुल गर्न दिन पनि भनेको छ ।
सिडिओलाई बोर्डको पत्रः सेयर कारोबार अत्यावश्यक सेवा हो, नेप्से र ब्रोकरका कर्मचारीलाई नरोक्नु

प्रतिक्रिया दिनुहोस्