Skip to content
Shikhar Insurance
National Life

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सको ३ करोड ७५ लाख कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कम्पनीको सेयर कारोबार हुनेछ। कम्पनीलाई नेप्सेले सिएलआई संकेत प्रदान गरेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्