Shikhar Insurance
National Life

सिटिजन लाइफको ३ दिने आवसिय कार्यक्रम सम्पन्न, २ सय जना बढी सहभागी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रीट २०८१’ पोखरामा सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल ‘पोखरा ग्रान्ड’ मा सम्पन्न भएको हो ।

कार्यक्रमका मुख्य प्रशिक्षक अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सिटिजन लिडर्स हरुको क्षमता तथा आत्मविश्वास अभिबृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, संचार, पेशा प्रती आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत : MDRT  किन आवश्यक छ जस्ता विभिन्न कुराहरुको प्रशिक्षण दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतीमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरुलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल एवम् कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल ज्यूले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे ।

सो कुरालाई मध्यनजर गर्दै, सुचार गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरुको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरु आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाउँदै यसै कार्यक्रममा Citizen earning point को उद्घघाटन पनि गरिएको थियो ।

कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्