Skip to content
Shikhar Insurance
National Life

सिटिजन लाइफको आईपीओमा आवेदन खुल्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नागरिकहरुका लागि आइपीओ निष्काशन गरेको हो । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक सय ४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । इन्स्योरेन्सले पहिलो चरणमा कुल निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको छ ।

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्