काठमाडौं । विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याँउदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।
संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले मंसिर १९ गते आयोजना गरेको एक कार्यक्रमकाबीच सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ को अवार्डबाट सम्मानित भएको हो । बैंकका संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै ‘बैंक अफ द ईयर २०२४’ को सम्मान ग्रहण गरेका हुन् ।
समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु गरि करिब ३०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।
बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउँनको लागि हौसला मिलेको बताए ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गरे ।
द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्