Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकले तिहारअघि नै लाभांश बाँड्ने, कार्तिकको पहिलो साता बोलायो साधारणसभा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट तिहारअघि नै सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश वितरण प्रयोजनको लागि कार्तिक पहिलो साता साधारणसभा बोलाएको हो ।

बैंकले कार्तिक ४ गते कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको छ । सभामा बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकले कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो ।

गत वर्षको नाफाबाट अरु बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् । केही बैंकले भने लाभांश स्वीकृतिका लागि बार्षिक प्रतिवेदन राष्ट्र बैंकमा बुझाइसकेका छन्।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्