Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई १ लाख ३२ हजार सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तगर्त करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप १ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्छ जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपांगता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्छ र बचत खाता खोली वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त लबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्छ ।

एक समारोहका बीच बैंकले १ लाख ३२ हजार रूपैयाँको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समीक्षा शर्माले जानकारी दिइन् ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ८५ वटा शाखा, १ सय ४१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्