Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत् वृक्षरोपण’

Hyundai
NCELL
NIMB

काठमाडौं। सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २२ गते सोमबारको दिन शान्तिनगर, काठमाडौंमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत् वृक्षरोपण कार्यक्रम शान्तिनगर–९ मा करिब २ सय ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपी सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको बैंकले जनाएको छ ।

हाल, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्