काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वीरेन्द्रनगर सुर्खेतस्थित कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मैत्री समाज नेपालसँगको सहकार्यमा सो सामग्री प्रदान गरेको हो । विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो ।
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरु प्रदान गरेको हो ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्