Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकको ९३ औं शाखारहित बैंकिङ सेवा बर्दियाको ओराली बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले ९३ औं शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

ओराली बजारमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्