Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी अब ग्राहकले चेक रोक्का गर्न सक्ने

Hyundai
NCELL
NIMB

काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो ।

बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवाअन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरुमार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सकिने छ ।

यसैगरी बैंकले, आफ्नो एपमार्फत नेपाल पेको क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले फोनपेका अतिरिक्त नेपाल पेको क्युआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सकिने बैंकले जनाएकाे छ । यसका साथै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्नेलगायतका थप सुविधा पनि प्राप्त गर्न सिकनेछ ।

सिटिजन्स बैंककाे देशैभरि १ सय ८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङबाट सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्