Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा विशेष छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एन्ड नवरंग रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सीतासरण होटल एन्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एन्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनिक एन्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एन्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४६ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १६ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्