Skip to content
Shikhar Insurance
National Life

सिजी मोटर्सले ल्यायो ‘आयोन वाइ’ विद्युतीय गाडी बजारमा, यस्ता छन् विशेषता र मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपकाे सिजी मोटर्सले नयाँ चीनियाँ विद्युतीय गाडी आयोन वाई मोडलको एसयुभी नेपाली बजारमा लन्च गरेको छ । गाडीको लम्वाई ४ मिटर, चौडाइ १८ सय ७० एमएएम, १६ सय ५० एमएएमको हाइट रहेकाे छ ।

२७ सय ५० एमएएमको ह्वीलबेस, ५ वटा सिट, ४९० किलोमिटरको रेन्ज रहेको गाडीमा ब्याट्रिकाे पावर भने ६१.५ किलोवाटआवर रहेकाे छ । गाडीको मोटर पावर १०० किलोवाट क्षमताको छ भने यसले २२५ एनएम र्टक उत्पन्न गर्छ । गाडीमा वान वे ६.६ किलोवाटको चार्जर उपलब्ध छ ।

गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट तथा रियर दुबै ह्विलमा डिस्क ब्रेक, १४ इन्चको एचडी स्कृन, अल्ट्रा लार्ज प्यानारोमिक सनरुफ, स्काइलाइन एलईडी टेललाइट तथा एंगल वीङ्स एलईडी हेडलाइट लगायतको प्रिमियम सुविधाहरु रहेका छन् ।

गाडीको उत्पादन चीनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जीएसी) मोटर्सले गरेको हो । विभिन्न सात रंगमा आएको आयोन वाइको मूल्य नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ रहेको सिजी मोटर्सले जनाएको छ ।

सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीको थापाथली शोरुमबाट उक्त गाडी आज सार्वजनिक गरेका हुन् । गाडी सार्वजनिक पछि यो सवारी किफायती मूल्यको भएको उपभोक्ताको रुचीमा पर्ने अपेक्ष लिएकाे सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए ।

उनले भने भने ‘यो सवारीको आकर्षक डिजाइ र सहजताले यात्रुलाई थप आकर्षित गर्न सक्छ । हाल नेपालमा १० वटा गााडीमा ७ वटा इभी बिक्ने गरेको छ, त्यसैले हामीहरु अन्य धेरै नयाँ ब्रान्डका इभी नेपाली वजारमा ल्याउन आतुर छौं ।’ नेपाल सरकारले विद्युतीय सवारीमा लिएको नीतिका कारण नेपाली वजारमा विद्युतिय सवारीको ब्यापार बढेको चौधरीको भनाइ थियो ।

गत वर्षबाट नेटा ईभीको आयात सुरु गरेर नेपाली अटाे बजारमा प्रवेश गरेकाे सिजी मोटर्सले अहिले सम्म ४ वटा विद्युतीय सवारी नेपाली बजारमा भित्र्याइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्