Skip to content
Shikhar Insurance
National Life

सिजी ईलेक्ट्रोनिक्सद्वारा डिलरहरुलाई थाईल्यान्ड भ्रमणको अवसर

Hyundai
NCELL
NIMB

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सले डिलरहका लागि थाईल्यान्ड भ्रमणको अवसर प्रदान गरेको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘चौधरी ग्रुप’ अन्तर्गत ‘सिजी ईलेक्ट्रोनिक्स’ अन्तर्गत रहेका ब्राण्डहरुलाई भ्रमणको अफर प्रदान गरेको हो ।

सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको छ । वर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलरहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई सिजी ईलेक्ट्रोनिक्सले मनोरञ्जन प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

साथै, सिजी ईलेक्ट्रोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना बस्न लगायत यातायातको पनि व्यवस्था गरेको छ । सिजीले वर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरहरुलाई यस्तो सुनौलो बिदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्