Skip to content
Shikhar Insurance
National Life

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

Hyundai
NCELL
NIMB

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

उनीका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्