Skip to content
Shikhar Insurance
National Life

‘सिंहदरबारको समचारमा निष्पक्षयता झल्किने हुँदा यसको म नियमित पाठक हुँ,’–प्राधिकरण अध्यक्ष सिलवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्रधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सिंहदरबार डटकमलाई वार्षिक उत्सवको शुभकामना दिएका छन् । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिकाका रुपमा २०७७ साल फागुन ७ गतेदेखि सिंहदरबार डटकम सञ्चालनमा आएको हो ।

सो मिडियाले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बधाइ तथा सुभकामना दिँदै प्रधिकरणका अध्यक्ष सिलवालले भने–‘सिंहदरबार डटकमले दोस्रो कार्यकाल पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बधाई तथा शुभकामना दिँदै प्राधिकरण अध्यक्ष सिलवालले भने– नेपालमा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आइसकेका छन् । तर, सिंहदरबार डटकमले आर्थिक क्षेत्रको लेखनमा निष्पक्ष भएर आफ्नो छुट्टै पहिचान बनाएको छ । सिंहदरबारको हरेक समचारमा मिडियाको निष्पक्षयता झल्किएको हुन्छ । त्यसकारण पनि यसको म नियमति पाठक हुँ । सत्यतथ्यमा आधारित भएर सिंहदरबारले आफ्ना लेखनहरुलाई थप परिष्कृत बनाउँदै तथ्य परक तथा विश्लेषणत्मक आफ्ना पाठकहरु माझ पस्किँदै जावोस् भन्ने शुभकामना सिंहदरबार टिमलाई बीमा प्राधिकरणको अध्यक्षको हिसाबले सम्पुर्ण बीमा क्षेत्रको तर्फबाट दिन चाहन्छु ।’

सिंहदरबार डटकमले प्राधिकरणका अध्यक्ष सिलवालको अन्तरवार्ताबाट पहिलो प्रकाशन शुरु गरेको हुँदा आफ्नो मेरो विषेश स्नेह सिंहदरबारसँग रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्