Skip to content
Shikhar Insurance
National Life

सामूहिक बाख्रा पालनमा मण्डनदेउपुरका किसान

Hyundai
NCELL
NIMB

धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरु गरेका छन् ।

कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत वडा नं ११ स्थित भाटपोलका किसानले सामूहिक बाख्रा पालन गरेका हुन् । जयलक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रापालन थालनी गरेको नगरपालिकाले जनाएको छ ।

सामूहिक बाख्रा पालनका लागि स्थानीय ५५ जनाले ६/६ हजारका दरले ३ लाख ३३ हजार र नगरपालिकाको ५ लाख गरी ८ लाख ३३ हजारमा सो फार्म सुरु गरेका हुन् । खोरमा अहिले ४० बाख्रा छन् । वडा नं ११ का वडाध्यक्ष दीपेन्द्र लामाले बाख्रापालनका लागि उपयुक्त स्थान भएकाले बाख्रा पकेट क्षेत्र कार्यक्रमअन्तर्गत सामूहिक रुपमा बाख्रापालन गर्न व्यवस्था मिलाएको बताए।

नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख ध्रुवप्रसाद पराजुलीले भाटपोलमा थालनी गरेको फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रापालन फार्म भएको बताए।

स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्लमार्फत आयआर्जन बढाउन सकिने गरी नगरपालिकाको सहयोगमा थालनी भएको कार्यलाई नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने उनको भनाइ छ।

एक्लाएक्लै काम गर्दा निर्वाहमुखी मात्रै भएको र धेरै लगानीमा पालन गर्न लगानी अभाव रहेकाले कृषि समूहमार्फत नगरपालिकाको आर्थिक सहयोगमा सामूहिक बाख्रापालन कार्यलाई अगाडि बढाएको किसान बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्