Skip to content
Shikhar Insurance
National Life

सामुदायिक लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँको २१.०५२६३ प्रतिशतका दरले हुने २ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने कर प्रयोजनार्थ सहित ११.०५२६३ प्रतिशतका दरले हुन आउने १ करोड ४५ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

लघुवित्तको फागुन ९ गते बसेको सञ्चालक समितिको २०७औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्