Skip to content
Shikhar Insurance
National Life

सामान्य अंक बढेर सेयर बजार, कारोबार रकम १ अर्बभन्दा कम

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से सोमबार भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ५.०९ अंक बढेर १९९८.४८ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २६ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २७९ स्टकको ३१ हजार ५९९ पटकको कारोबारमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयर मूल्य ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। मर्जरपश्चात नेप्सेमा सूचीकृत भइ यसै दिनदेखि कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको सेयर मूल्य यस दिन करिब ५ प्रतिशत बढेको छ। यस दिन सेयर मूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको करिब ५ करोडको सेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्