Skip to content
Shikhar Insurance
National Life

सामान्य अंक बढेर बन्द भयो सेयर बजार, कारोबार रकममा पनि सुधार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४१ अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

बिहिबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८८ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २६९ कम्पनीको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।कारोबारमा आएको १०५ कम्पनकिो सेयर मूल्य बढेको छ । १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्ँपनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिंगटी हाइड्रो इनर्जीको ७.४९ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य ६.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावरको ५.८४ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२० प्रतिशत बढेको छ।

यस दिन कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। होटलको १६ करोड ९५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अप्पर तामाकोशीको यस दिन ११ करोड २५ लाख ५१ हजार, शिवम् सिमेनटको ९ करोड ९३ लाख ६२ हजार, आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४० लाख ७८ हजार र साल्ट टेड्रिङ कर्पाेरेसनको ६ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक यस दिन घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्