Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारकको दिन सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार २८.३१ अंकले घटेर बन्द भएको सेयर बजार यसदिन भने सामान्य अंकको सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ५.५४ अंकले बढेर १,८४४.०२ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठु्ला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८८ अंकले बढेर ३४९.६६ को विन्दुमा बन्द भएको छ।

दिनभरीमा २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर ९१ करोड १९ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक २८.३१ अंकले घट्दा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएपनि कारोबार रकमका भने घटेको छ ।

कारोबारमा आएको १३२ कम्पनीको सेयर मूल्य बढेको छ । ७७ कम्पनीको सेयर मूल्य घटेको छ। भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन सानिमा मिडिल तमोर हाइड्राेपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कालिन्चोक दर्शनको सेयर मूल्य ९.९७ प्रतिशत, बाराहि हाइड्राेपावर कम्पनीको ५.८८ प्रतिशत र मन्दाकिनी हाइड्राेपावर कम्पनीको ४.५६ प्रतिशतले बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा कमले बढेको छ।

सोमबार ग्लोबल आइएमई लघुवित्तका सेयरधनीकरुले सबैभन्दा बढी सेयर मूल्य गुमाएका छन् । यसदिन कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको हो ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरी, सानिमा मिडिल तमोर हाइड्राेपावरको ६ करोड ६५ लाख र एनआइसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्य फाइनान्स समूहको परिसूचक घटेको छ भने, बाँकी सबै समूहको परिसूचक बढेको छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्