Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम एक अर्ब पनि पुगेन

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । लगातार ३ दिन घटेपछि सोमबार ७.०४ अंक बढेको सेयर बजार एक दिन पनि टिक्न नसकेर पुनः पुरानै लयमा फर्किएको हो ।

मंगलबार नेप्से परिसूचक घटेपनि एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेरुडे लघुवित्तको वित्तीय संस्थाको ९.८५ प्रतिशत, इवाङ हाइड्रोपावरको ७.३२ प्रतिशत, संन्जेल जलविद्युतको कम्पनीको ६.४८ र अप्पर सोलु हाइड्रोको ६.३९ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएको आरबीबी म्युचुअल फण्ड २ को मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत घटेको छ।

मंगलबार नेप्से परिसूचक ६.४५ अंक घटेर १९६१.३७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ कम्पनीको २५ हजार २२७ पटकको कारोबारमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको २४ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।कारोबारमा आएको ७१ कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको ७ करोड ५८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र घोराही सिमेन्ट इन्डष्ट्रीको करिब ३ करोडको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्