Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो नेप्से परिसूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २.८२ अंकले घटेर १,९९०.५९ अंकमा कायम भएको छ ।

आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब १३ करोड ८ हजार ४४ मा पुगेको छ ।

आजको कारोबारमा व्यापार र होटल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७.५५ र होटल तथा पर्यटन ७२.१५ अंकले बढेको बजारमा बैंक शून्य दशमलव ८३, विकास बैंक एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अंकले घटेको छ ।

आजको कारोबारमा सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६ दशमलव ०२ प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ«े बैंक लिमिटेडको १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्