Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घटेको सेयर बजारमा आइएमई लाइफको सेयरमा झुम्मिए लगानीकर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्ला तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, सोमबार भने सामान्य अंक घटेर बन्द भएको छ। कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार, अन्तिम समयमा सामान्य अंक घटेर बन्द भएको हो।

सोमबार सामान्य अंकले घटेको सेयर बजारमा आइएमई लाइफको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । यस दिन इन्स्योरेन्सको सर्वाधिक ११ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, सोल्टी होटलको १० करोड ८७ लाख, घोराही सिमेन्टको ८ करोड ९८ लाख, माच्छापुच्छ्रे बैंकको ६ करोड ५५ लाख र सानिमा बैंकको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.६१ अंक घटेर २०७७.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन २७९ कम्पनीको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ६८ कम्पनीको सेयर मूल्य बढेको छ । १४५ कम्पनीको घटेको छ भने, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से घटेपनि यस दिन थ्रीस्टार हाइड्रोपावर सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावरको ९.९७ प्रतिशत, सिवाईसी लघुवित्तको ७.४४ प्रतिशत सेयर मूल्य बढेको छ। कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ६.४६ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विका सबैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्